साउदी अरेबियाबाट ‘एक्जिट भिसा’ पाएका ६३ नेपालीलाई छिटो स्वदेश फर्किन दूतावासको अनुरोध

काठमाडौं । साउदी अरेबियाले अवैध रूपमा बसेका ६३ नेपालीलाई ‘एक्जिट भिसा’ दिएको छ । साउदीको रियादस्थित नेपाली दूतावासले उनीहरुलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ । दूतावासको अनुरोधमा साउदी सरकारले इकामाको म्याद समाप्त भएकाहरूलाई एक्जिट भिसा दिँदै आएको छ ।

कामदार भिसाको समय सकिएपछि पनि साउदीमा रही अवैध रूपमा धेरै नेपाली बस्दै आएका छन् । एक्जिट भिसा प्राप्त नगरेसम्म उनीहरू त्यहाँबाट बाहिर जान पाउँदैनन् । एक्जिट भिसा प्रक्रिया निःशुल्क हुने तर भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *