एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) २०२६ अन्तर्गत लिग चरणको खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ५५ रनले पराजित गरेको छ । हैदराबादमा शुक्रबार राति भएको खेलमा हैदराबादले दिएको २ सय ५६ रनको विशाल लक्ष्य पछ्याएको बैंगलुरुले २० ओभरमा ४ विकेट गुमाएर २ सय रन मात्रै बनाउन सक्यो ।
हैदराबादको जितमा इशान किशनले ४६ बलमा ७९ रनको उत्कृष्ट इनिङ्स खेले । अभिषेक शर्माले २२ बलमा ५६ तथा हेनरिक क्लासेनले ५१ रन थपेपछि हैदराबादले ४ विकेट गुमाएर २ सय ५५ रनको विशाल योगफल तयार गरेको थियो । अन्तिमतिर नितिश कुमार रेड्डीले अविजित २९ रन जोड्दै टोलीलाई २५० रन पार गराएका थिए ।
आरसीबीका लागि कप्तान रजत पाटीदारले ५६ रन बनाए भने भेन्कटेश अय्यरले १९ बलमा ४४ रनको आक्रामक इनिङ्स खेले । क्रुनाल पाण्ड्याले अविजित ४१ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
हैदराबादका इशान मलिङ्गाले २ विकेट लिए ।
यो जितसँगै हैदराबादले १४ खेलबाट १८ अंक जोडेको छ । गुजरात टाइटन्स दोस्रो तथा एसआरएच तेस्रो स्थानमा रहेको छ । तीनै टोलीको समान १८ अंक भए पनि उत्कृष्ट नेट रनरेटका आधारमा बैंगलुरु शीर्ष स्थानमा कायम रह्यो ।
