ईएफएल कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई अग्रता

एजेन्सी । ईएफएल कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीले अग्रता लिएको छ । मंगलबार राति भएको पहिलो सेमिफाइनलको पहिलो लेगमा न्युक्यासल युनाइटेडलाई २-० गोलले पराजित गर्दै सिटीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा सिटीलाई जित दिलाउन एन्टोनी सेमेन्यो र रायान चेर्कीले समान एक/एक गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा सेमेन्योले गोल गर्दै सिटीलाई शुरूवाती अग्रता दिलाएका थिए ।

इन्जुरी समयको दोस्रो मिनेटमा चेर्कीले गोल गर्दै सिटीलाई पहिलो लेगमा २-० गोलको अग्रता दिलाएका हुन् । दुई टोलीबीचको दोस्रो लेग ५ फेब्रुअरीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *