एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय फिर्ता गराउन सरकारबाट पहल होस्ः सांसद राई

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गर्ने फिफाको निर्णय फिर्ता गराउनका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा राईले नेपाली राष्ट्रिय टोली तथा क्लवका खेलाडीहरूको भविष्य जोगाउन पनि सरकारले फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको फुकुवा यथाशीघ्र गराउन कूटनीतिक, कानुनी र प्रशासन पहल तत्काल अगाडि बढाउनुपर्ने बताए ।

सांसद राईले खेल क्षेत्रमा हस्तक्षेप नहुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले तेस्रो पक्षको हस्तक्षेप सम्बन्धि विषय यथाशीघ्र समाधान गरियोस् । फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानुन अनुसार एन्फालाई विधान संशोधन, निर्वाचन प्रक्रिया तथा अन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्नसक्ने वातावरण सुनिश्चित गरियोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *