विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न अनुमति

काठमाडौँ । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको हो । यसअघि सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *