क्रिकेटर पूजा महतोलाई युवा वर्ष खेलाडीको अवार्ड

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान पूजा महतोले एनएसजेएफ युवा वर्ष खेलाडीको अवार्ड प्राप्त गरेकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा पोखरामा भएको २२ औं एनएसजेफ पल्सर स्पोर्टस अवार्ड उनले अन्तर्गत युवा वर्ष खेलाडीको अवार्ड जितेकी हुन् ।

पूजाले एथलेटिक्स अजय बीके, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समीर तामाङलाई पछि पारेकी हुन् ।

नेपाल महिला यू-१९ क्रिकेट टोलीलाई पहिलो पटक विश्वकपमा पुर्‍याउँदा नेपालको कप्तानी गरेकी थिइन् ।

पारा तेक्वान्दोका कविराज नेगी लामा उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । उनको नेतृत्वमा पलेशा गोवर्धनले पेरिस ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।

यस्तै एथलेटिक्सकी प्रभा आङ्दम्बेले ‘पारा एथलिट अवार्ड’ प्राप्त गर्दा  ‘स्पेशल अवार्ड’ पोखराका तेक्वान्दोकर्मी तुलसीकुमार गुरुङले पाएका छन् । हङकङलाई कर्मथलो बनाएर नेपाली खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई यो अवार्ड प्रदान गरिएको मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *