टी-२० क्रिकेट विश्वकपको लागि नेपालको जर्सी सार्वजनिक

काठमाडौं ।  आईसीसी टी-२० विश्वकप २०२६ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने जर्सी सार्वजनिक भएको छ । सोमबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको हो ।

विश्वकप माघ २४ गतेबाट भारत र पाकिस्तानमा आयोजना हुँदैछ । विश्वकपमा नेपालसहित २० राष्ट्रले सहभागिता जनाउँदैछन् ।

टी-२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा रहेको छ । समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् ।

नेपालले माघ २५  मा इंग्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गर्नेछ । दोस्रो खेल माघ २९ गते इटाली, तेस्रो खेल फाल्गुन ३ गते वेस्ट इन्डिज र चौथो तथा अन्तिम खेल फाल्गुन ५ गते बंगालादेशसँग खेल्नेछ । नेपालका सबै खेल मुम्बईको वाङखाडे रंगशालामा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *