जनकपुरधाम । उच्च अदालत जनकपुरले असई थमन विक हत्या प्रकरणमा नेकपा एमालेका नेता तथा पूर्वसांसद लक्ष्मी महतो (कोइरी)लाई दोषी ठहर गरेको छ ।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सफाई दिने जिल्ला अदालत महोत्तरीको फैसला उल्ट्याउँदै दोषी ठहर गरेको छ ।
त्यस्तै जन्मकैदको सजाय पाएका मधेशका निलम्बित सांसद अभिराम शर्मालाई जिल्ला अदालतको फैसला उल्टाएर उच्च अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ ।
जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते शर्मा लगायत ७ जनलाई जन्मकैदको सजाय सुनाएको थियो भने कोइरीलाई सफाई दिएको थियो ।
