एपिएफलाई हराउँदै रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौँ । राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्पmको खेलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको खेलमा रुकुमले एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

तीन पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले खेलको पहिलो सेट २२–२५ अङ्कले गुमायो । त्यसछिको खेलमा पुनरागमन गर्दै रुकुम पश्चिमले लगातार तीनै सेट आफ्नो पक्षमा पार्यो । रुकुम पश्चिमले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ तथा अन्तिम सेट २५–२० अङ्कले जित्यो ।

यसअघि नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । पुलिसले कोशी प्रदेश भलिबल सङ्घलाई ३–० सेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पुलिसले उक्त खेल २५–१९, २५–१७ र २५–१८ अङ्कले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *