त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । प्रहरीले एमबीएसको प्रश्नपत्र लिक प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिमलाई पक्राउ गरेको हो ।

यसअघि प्रश्नपत्र लिक प्रकरणमा दुई जना पक्राउ परेका थिए । योसँगै पक्राउ पर्ने व्यक्तिको संख्या चार पुगेको छ ।

प्रहरीका अनुसार साउन ८ गते भएको परीक्षाको प्रश्नपत्र विभिन्न ह्वाट्एप समूहमा शेयर गरी शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा अनुसन्धान भइरहेको थियो ।

प्रहरीले यसअघि पक्राउ परेका व्यक्तिमाथि अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको अवस्थामा थप अभियुक्तहरूलाई पक्राउ गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *