काठमाडौँ । लघुवित्त पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेका छन् । आफूलाई न्याय दिनुपर्ने भन्दै उनीहरुले सामूहिकरुपमा आमरण अनसन सुरु गरेका छन् ।
गत आइतबार ‘राजधानी मार्च’ गरेर सरकारको ध्यानाकर्षण गराएका उनीहरु मंगलबार बिहानदेखि माइती घरमा आमरण अनसन बसेका हुन् ।
लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्न माग गरेका छन्।
