विश्वकप लिग २: नामिवियाद्वारा नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको खेलमा नामिबियाले नेपाललाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । उट्रेच्टमा जारी खेलमा नामिबियाले नेपाललाई जितको लागि २ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ११ रन बनाएको हो । नामिबियाको लागि जान फ्राइलिंकले सतक बनाए । उनले १ सय ४९ बलमा ३ चौकाको मद्दतमा एक सय रन बनाए । यस्तै लौरेन स्टिनकाम्पले ८७ बलमा ४ चौका र एक छक्काको मद्दतमा ५९ रन बनाउँदा मालन क्रुगेरले १५ र जान निकोल लोफ्टी इटनले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि करण केसीले १० ओभरमा २ मेडन राख्दै २९ रन दिएर पाँच विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

अब नेपालले जवाफी ब्याटिङमा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *