डेम्बेलेलाई ‘ग्लोब साकार अवार्ड’, रोनाल्डो मिडल इस्टको उत्कृष्ट

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)मा विंगर ओसुमाने डेम्बेलेले ग्लोब सकर अवार्डमा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । आइतबार राति दुबईमा भएको अवार्ड समारोहमा उनले सो अवार्ड जितेका हुन् ।

उनले किलियन एम्बाप्पे, राफिन्हा, भिटिन्हा र लामिने यामाललाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् ।

२०२४/२०२५ सिजनमा उनले पीएसजीबाट युईएफए च्याम्पियन्स लिग, लिग वान र कोप डे फ्रान्स जितेका थिए । यस्तै उनले वर्षको शुरूवातमा ट्रफी देस च्याम्पियन्सको उपाधिपनि जितेका थिए । उनले पीएसजीलाई फिफा क्लब विश्वकपको फाइनलसम्म डोर्याएका थिए भने फ्रान्सबाट युईएफए नेसन्स लिगको तेस्रो स्थान हात पारेका थिए ।गत सिजन उनले ३७ गोल गर्दै १५ एसिस्ट दिएका थिए ।

यस्तै महिलातर्फ बार्सिलोनाकी आइटाना बोन्माटी उत्कृष्ट खेलाडी चुनिन् । यसअघि दुवै खेलाडीले फ्रान्स फूटबलले प्रदान गर्ने बेलन डी’ओर अवार्डपनि जितेका थिए । यस्तै अल नासरका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो उत्कृष्ट मिडल इस्टका प्लेयर चुनिए ।

कसले के अवार्ड जिते ?

पुरुष उत्कृष्ट खेलाडी : ओसुमाने डेम्बेले

महिला उत्कृष्ट खेलाडी : आइटाना बोन्माटी

पुरुष उत्कृष्ट क्लब : पेरिस सेन्ट जर्मन

महिला उत्कृष्ट क्लब : बार्सिलोना

उत्कृष्ट प्रशिक्षक : लुइस इनरिके(पीएसजी)

उत्कृष्ट मिडफिल्डर : भिटिन्हा (पीएसजी)

उत्कृष्ट फरवार्ड : लामिने यामाल

इमार्जिङ प्लेयर : डेसिर डोए (पीएसजी)

उत्कृष्ट एजेन्ट : जोर्ज मेन्डेस

उत्कृष्ट स्पोर्टिङ डाइरेक्टर : लुइस काम्पोस

उत्कृष्ट क्लब प्रेसिडेन्ट : नासेर अल-खेलाफी (पीएसजी)

उत्कृष्ट मिडल इस्ट प्लेयर : क्रिस्टियानो रोनाल्डो

उत्कृष्ट कन्टेन्ट क्रियटर : बिलाल हलाल

उत्कृष्ट एकेडेमी : राइट टु ड्रिम

उत्कृष्ट एचिभमेन्ट अवार्ड : हिदेतोशी नाकाटा र एन्द्रेस इनिस्टा

उत्कृष्ट  ब्रान्डिङ : लस अन्जेल्स फूटबल क्लब

उत्कृष्ट मेन्टल प्रशिक्षक : निकोलेटा रोमनजी

उत्कृष्ट राष्ट्रिय टिम : पोर्चुगल

उत्कृष्ट कम्ब्याक : पाउल पोग्बा

म्याराडोना अवार्ड लामिने यामाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *