जर्मनीलाई पाखा लगाउँदै पाराग्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं ।  चारपटकको विश्वकप च्याम्पियन जर्मनी फिफा विश्वकप-२०२६ बाट बाहिरिएको छ । मंगलबार बिहान भएको खेलमा पाराग्वेसँग सडन डेथमा ४-३  गोलले पराजित हुँदै जर्मनी अन्तिम ३२ बाटै घर फर्किएको हो ।

बोस्टन स्टेडियममा भएको खेलको निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलमा पाराग्वेका गोलकिपर ओर्लान्डो गिल नायक बनेका हुन् । जर्मनीको लागि जोश्वा किम्मिच, जामाल मुसियाला र नदीम अमिरीले गोल गर्दा काइ हाभेर्ट्ज र निक वोलटमेडको पेनाल्टी गिलले बचाए । जोनाथन टाहपनि चुक्न गए । यता पाराग्वेको लागि लाफु माउरिको, गुस्टाभो गोमेज, माटियास गालार्जा र ज्प्से कानालले गोल गर्दा एन्टोनियो सानाब्रिया र फाबियाँ बाल्बुएना चुके ।

यसअघि खेलको ४२ औँ मिनेटमा जुलियो इन्सिसोले गोल गर्दै पाराग्वेलाई शुरुवाती अग्रता दिलाएका थिए । ५४ औँ मिनेटमा हाभेर्ट्जले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याए । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा पुगेको खेलको १ सय २ मिनेटमा जोनाथन टाहले गोल गरेपनि भीएआरले रद्द गरेको थियो ।

बाँकी समयमा थप गोल हुन नसक्दा विजेताको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो ।

अब पाराग्वेले अन्तिम १६ मा भोलि बिहान हुने फ्रान्स र स्विडेनबीच हुने खेलको विजेता सँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *