एम्बाप्पेको चार गोलमा म्याड्रिड विजयी, बायर्न र लिभरपुल पराजित

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा स्पेनिस जायन्ट्स रियल म्याड्रिडले जित निकाल्दा बायर्न म्युनिख र लिभरपुल पराजित भएका छन् । गएराति भएको खेलमा म्याड्रिडले ओलम्पिकोसलाई ४-३ गोलले हराएको हो ।

ग्रिसमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पेले चार गोल गर्दा ओलम्पिकोसको लागि चिकुन्हो, मेहदी टारेमी र अयोउब एल काबीले समान एक/एक गोल गरे । एम्बाप्पेले पहिलो हाफको सात मिनेटको अन्तरालमै ह्याट्रिक पूरा गरेका हुन् ।

जितसँगै म्याड्रिड ५ खेलबाट १२ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने समान खेलबाट २ अंक जोडेको ओलम्पिकोस ३३ औँ स्थानमा रहेको छ ।

गएरातिनै भएको खेलमा आर्सनलले बायर्न म्युनिखलाई ३-१ गोलले पराजित गरेको हो ।

अर्को खेलमा लिभरपुल पीएसजीसँग घरेलु मैदानमा ४-१ गोलले स्तब्ध बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *