ओयार्जाबालको दुई गोलमा स्पेन विश्वकपको अन्तिम १६ मा

एजेन्सी । फरवार्ड मिकेल ओयार्जाबालले दुई गोल गरेपछि स्पेन फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा अष्ट्रियालाई ३-० गोलले पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा पुगेको हो ।

लस एन्जल्स स्टेडियममा भएको खेलमा स्पेनलाई जित दिलाउन ओयार्जाबालले दुई गोल गर्दा पेड्रो पोरोले एक गोल थपे । खेलको ३६ औँ मिनेटमा मार्क कुकुरेलाको पासमा ओयार्जाबालले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए ।

६६ औँ मिनेटमा एलेक्स बएनाको क्रसमा पोरोले हेडर गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । यस्तै ८९ औँ मिनेटमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-० गोलको जित दिलाएका हुन् ।

अब स्पेनले अन्तिम १६ मा आज पोर्चुगल र क्रोसियाबीच हुने अन्तिम ३२ को विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *