यु-१७ एसियन कप छनोटमा नेपालको फराकिलो हार

काठमाडौं । म्यानमारमा जारी एएफसी यु-१७ एसियन कप छनोटमा नेपालले फराकिलो हार बेहोरेको छ । बुधबार भएको खेलमा नेपाल ओमानसँग ५-० गोलले पराजित भएको हो ।

प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल सिरियासँग ४-२ र म्यानमारसँग ४-० गोलले पराजित भएको थियो ।

हारसँगै समूह ‘जी’मा रहेको नेपाल तीन खेलबाट अंकविहीन रहँदै तालिकाको पुछारमा रहेको छ । अब नेपालले अन्तिम खेलमा शुक्रबार अफगानिस्तानको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *