पार्टी नेतृत्व परिवर्तनका लागि गगन थापाका दुई प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्व परिवर्तन गर्न माग गरेका छन् । शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले नियमित वा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

उनले विधानअनुसार हालको कार्यसमितिको कार्यकाल मंसीरमा सकिने भएकाले त्यही बेलामै महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने वा अहिलेको विशेष परिस्थितिमा केन्द्रीय कार्यसमितिले तत्काल विशेष महाधिवेशनको निर्णय गरेर तीन महिनाभित्र नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव गरेका हुन् ।

महामन्त्री थापाले पार्टीलाई आमूल परिवर्तन गरेर मात्र वर्तमान चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी निर्वाह गर्न सकिने बताएका छन् ।

उनले यसका लागि भदौ २३ र २४ गतेको युवा आन्दोलनले उठाएको सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने दायित्व, आन्दोलनका क्रममा भएको धनजनको क्षति छानबिन गरी दोषीलाई कारबाही गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर्ने र पार्टीलाई पुनर्गठन गर्ने दायित्व पूरा गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *