नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ ।  नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७.० म्याग्निच्युडको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । उक्त भूकम्पमा परेर १६ जनाको मृत्यु, दर्जनौँ व्यक्ति घाइते हुनुका साथै सम्पत्ति र पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत उक्त विपत्तिमा आफ्ना प्रियजन गुमाएका शोकसन्तप्त परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै चीन सरकार तथा जनताप्रति समवेदना प्रकट गरेको छ । साथै, मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै विपत्तिबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गरेको छ ।

‘नेपाल यस कठिन समयमा चीनसँग ऐक्यबद्धता व्यक्त गर्दछ र प्रभावित परिवार तथा समुदायका लागि शीघ्र प्रतिकार्य, प्रारम्भिक पुनःस्थापना तथा पुनर्वासको कामना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *