ला लिगामा रियल म्याड्रिडको विजयी शुरूवात

एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले विजयी शुरूवात गरेको छ । मंगलबार राति भएको पहिलो चरणको खेलमा म्याड्रिडले  ओसासुनालाई १-० गोलले पराजित गरेको हो ।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बापेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा निर्णायक गोल गर्दै म्याड्रिडलाई जित दिलाएका हुन् ।  यस्तै दोस्रो हाफको इन्जुरी समयमा अबेल ब्रेटोनेसले रातो कार्ड पाएपछि ओसासुनाले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

जितसँगै म्याड्रिडले तीन अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *