फिफा विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप-२०२६ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान अन्तिम १६ अन्तर्गतका सबै खेल सकिपछि क्वाटरफाइनलको समीकरण पूरा भएको हो ।

अब क्वाटरफाइनल चरणको खेल बिहीबार रातिबाट शुरु हुनेछ । बिहीबार राति हुने पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स र मोरोक्को भिड्नेछन् । अन्तिम १६ मा फ्रान्सले पाराग्वेलाई १-० र मोरोक्कोले क्यानडालाई ३-० गोलले पाखा लगाएको थियो ।

दोस्रो क्वाटरफाइनलमा स्पेन र बेल्जियम आमने-सामने हुनेछन् । अन्तिम १६ मा स्पेनले पोर्चुगललाई १-० र बेल्जियमले अमेरिकालाई ४-१ गोलले हराएको थियो ।

पहिलो र दोस्रो सेमिफाइनल खेलमा विजेता सेमिफाइनलमा भिड्नेछन् ।

तेस्रो क्वाटरफाइनलमा नर्वे र इंग्ल्याण्ड खेल्नेछन् । नर्वेले अन्तिम १६ मा पाँचपटकको विश्व विजेता ब्राजिललाई ३-२ गोलले हराएको थियो भने इंग्ल्याण्डले सह-आयोजक मेक्सिकोलाई ३-२ गोलले पराजित गरेको थियो ।

यस्तै चौथो तथा अन्तिम क्वाटरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिनाले इजिप्टलाई ३-२ गोलले हराउँदा स्विट्जरल्यान्डले कोलम्बियामाथि पेनाल्टी सुटआउटमा ४-३ गोलको जित निकालेको थियो ।

दोस्रो र तेस्रो क्वाटरफाइनलमा खेलका विजेताबीच सेमिफाइनलमा भेट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *