अमेरिकी सेनाद्वारा इरानमा भीषण आक्रमण

रोयटर्स । अमेरिकी सेनाले इरानविरुद्ध नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिम युद्धविराम सम्झौता ‘समाप्त भएको’ घोषणा गरेको केही घण्टापछि अमेरिका पुनः सैन्य कारबाही सुरु गरेको हो ।

मेरिकी सेनाको मध्यपूर्व कमान्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्यमा अन्तर्राष्ट्रिय जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले थप हवाई आक्रमण गरिएको जनाएको छ। मंगलबार जलडमरूमध्य हुँदै गइरहेका तीन मालवाहक जहाजमाथि भएको आक्रमणको प्रतिक्रियास्वरूप कारबाही गरिएको अमेरिकाको दाबी छ।

नयाँ आक्रमणपछि इरानको दक्षिणी तटीय क्षेत्रका विभिन्न सहर प्रभावित भएका छन् भने केही स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत इरानलाई अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र रूपमा सञ्चालन हुने व्यापारिक जहाज र तिनका चालकदलमाथिको हालैको आक्रमणका लागि जिम्मेवार ठहर गरेको छ ।
राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यो इरानले हिजो जहाजमाथि गरेको बम आक्रमणको प्रतिशोध हो। यदि फेरि यस्तो भयो भने त्यसको प्रतिक्रिया अझ कडा हुनेछ।’

विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने होर्मुज जलडमरूमध्यमाथिको नियन्त्रणका कारण इरानले लामो समयदेखि रणनीतिक प्रभाव कायम राख्दै आएको छ।

जहाजमाथिको आक्रमणको जिम्मेवारी इरानले स्वीकार नगरे पनि वार्तामा दबाब सिर्जना गर्न यस्ता गतिविधि प्रयोग गर्ने गरेको विश्लेषकहरूको भनाइ छ।

यसअघि जुन १७ मा हस्ताक्षर भएको समझदारीलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने प्रयासबीच पछिल्लो तनावले धक्का पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *