असोज ४ मा राष्ट्रिय मिनी स्केट म्याराथन हुने

काठमाडौँ । द स्केट ल्यान्डको आयोजना तथा नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ सङ्घको सहकार्यमा आगामी असोज ४ गते पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन प्रतियोगिता हुने भएको छ ।

काठमाडौँ सुन्दरीजलको आलापोटबाट सुरु भई गोकर्ण तालिम चोकमा सम्पन्न हुने उक्त प्रतियोगिता पाँच किलोमिटरको दूरीमा रहने छ ।

प्रतियोगितामा नेपाल, भारत र संयुक्त अरब इमिरेट्स (दुबई) का गरी दुई सय खेलाडीले सहभागिता जनाउने मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्केट ल्यान्डका संस्थापक अब्राहिम राईले जानकारी दिए

उनले नेपालमा पहिलो पटक इनलाइन स्केटिङको राष्ट्रिय प्रतियोगिता हुन लागेको बताए  । प्रतियोगितामा स्वर्ण विजेताले रु ५० हजारसहित स्केट सुज, सेफ्टी गियर, रजतपदक प्राप्त गर्नेले ३० हजारसहित स्केट सुज र काश्यपदक प्राप्त गर्नेले रु १५ हजारसहित सेफ्टी गियर प्राप्त गर्नेछन् ।

नेपालमा हाल सञ्चालनमा रहेका तीन सयभन्दा बढी स्केटपार्कमा रहेका उत्कृष्ट खेलाडी तथा भारतबाट ५०भन्दा बढी खेलाडी प्रतिस्पधाका लागि आउने बताइएको छ ।

नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले प्रतियोगिता भविष्यमा इनलाइन स्केटिङ र स्केट बोर्डिङ खेलले व्यावसायिक रूप लिन कोशेढुङ्गा सावित हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *