टी-२० विश्वकपमा आज भारत र आयरल्याण्ड भिड्दै

एजेन्सी । आईसीसी टी-२० विश्वकप अन्तर्गत आज हुने समूह ‘ए’को खेलमा भारत र आयरल्याण्ड भिड्दैछन् । नास्साउ काउन्टी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:१५ बजे शुरु हुनेछ ।

आजको खेलमा भारत सहज जितसँगै प्रतियोगिताको शुरुवात गर्ने लक्ष्यमा रहेको छ । सन् २००७ देखि टी-२० विश्वकपको उपाधि जित्न नसकेको भारत यसपटक उपाधिको मुख्य दाबेदार हो । भारत पछिल्लो समय राम्रो लयमा रहेको छ । भारतले आफनो पछिल्लो चार खेलमा सतप्रतिशत जित निकालेको छ ।

इन्डियन प्रिमियर लिग आईपीएलमा सर्वाधिक रन बनाए  विराट कोहलीले आजको खेलमा कप्तान रोहित शर्मासँगै इनिंसको शुरुवात गर्ने सम्भावना रहेको छ । यस्तै विकेटकिपर ब्याट्सम्यान ऋशव पन्तको आगमनसँगै भारतको ब्याटिङ थप बलियो बनेको छ ।

भारतले आयरल्याण्डबीचको पछिल्लो पाँच खेलमा एक पक्षीय नतिजा निकालेको छ । पाँच खेलमा भारतले चार खेल जित्दा एक खेल वर्षाले रद्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *