पार्टीको निर्णयबिनै बागमती सरकारमा सहभागी तीन मन्त्रीसँग राप्रपाले माग्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशनबिना बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ।

समितिले प्रदेशसभा सदस्यहरू राजु बिष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङलाई पूर्ण सफाइको मौका दिँदै अर्को १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न समय दिएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।

पार्टीको निर्णय र निर्देशनबिना प्रदेश सरकारमा सहभागी भएको विषयमा उनीहरूसँग स्पष्टीकरण मागिएको हो । प्रवक्ता श्रेष्ठले भने, ‘राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशन बिना बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेश सभा सदस्यहरु राजु बिष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङलाई पूर्ण सफाइको मौका दिदै अर्को १२ घण्टा भित्र स्पष्टिकरण पेश गर्न समय दिएको छ। सो सम्बन्धि सुचना टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएप लगायतका विभिन्न माध्यमबाट निजहरुलाई प्रेषित गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *