श्रीलङ्कामा ७१ उच्च जोखिमयुक्त डेङ्गु क्षेत्र घोषणा

श्रीलङ्काको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु) ले आइतबार राजधानी कोलम्बोलगायत १५ जिल्लाका ७१ वटा डिभिजनलाई डेङ्गु ज्वरोको उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको जनाएको छ ।

एनडिसियुले मे २६ र जुन १ को बीचमा गरेको सर्वेक्षणमा लामखुट्टे प्रजनन स्थानहरूमा वृद्धि भएको फेला परेको विज्ञप्तिमा जनाएको छ ।

एजेन्सीले जनवरीदेखि अप्रिलसम्म डेङ्गु घटनाहरू तुलनात्मकरूपमा कम रहे पनि विगतका वर्षहरूको अनुभवअनुसार दक्षिणपश्चिम मनसुन सुरु भएसँगै मेदेखि सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *