साउदीमा रोनाल्डोको कीर्तिमान

एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा कीर्तिमान बनाएका छन् । सोमबार राति भएको लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध दुई गोल गर्दै लिगको रोनाल्डो एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।

रोनाल्डोले दुई गोल गरेको खेलमा अल नासरले अल इत्तिहादलाई ४-२ गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा अल नासरलाई जित दिलाउन रोनाल्डोले दुई गोल गर्दा अब्दुलरहमान घारेब र मेशारी अल नेमेरले समान एक/एक गोल गरे । इत्तिहादको लागि फह्र अल-शम्रानीले समान एक/एक गोल गरे ।

दुई गोलसँगै रोनाल्डोले लिगमा ३५ गोल गर्दै सर्वाधिक गोलकर्ता चुनिएका  हुन् । उनले अब्देराजक हमादल्लाहले २०१८/१९ को सिजनमा गरेको ३४  गोलको कीर्तिमान तोडेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *