क्रिजमा टिकेका भीमपनि आउट, संकटमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आजबाट शुरु भएको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध लज्जास्पद शुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले सातौँ विकेटको रुपमा क्रिजमा डटेका भीम शार्कीलाईपनि गुमाएको हो ।

भीम ४४ रन बनाउँदै एलबी डब्लु आउट भएका हुन् । उनले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेल सुन्य, आफिफ शेख ४, अनिल शाह ८, रोहित पौडेल एक रन, कुशल मल्ल १५ र सोमपला कामी दुई रनमा गुमाएको हो । ताजा अवस्थामा नेपालले २९ ओभरको समाप्तिमा ७ विकेटको क्षतिमा ९८ रन जोडेको छ । हाल गुलसन झा १५ र पवन सर्राफ १ रनसहित क्रिजमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *