बाल यौन दुव्र्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित

कोलम्बो । एक ११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा शनिबार श्रीलङ्काको एक वरिष्ठ बौद्ध भिक्षुलाई उनको जिम्मेवारीबाट निलम्बन गरिएको छ ।

एक दुर्लभ अनुशासनात्मक कदममा ७१ वर्षीय पल्लेगामा हेमरथनालाई ज्ञानको खोजीमा रहँदा बुद्धलाई आश्रय दिएको विश्वास गरिएको पवित्र पीपल (फिकस) को प्रमुख संरक्षकको रूपमा उनको जिम्मेवारीबाट हटाइएको हो ।

“माल्वाटे शाखाका भिक्षुहरूको परिषद्ले आज भेन हेमरथनालाई उहाँविरुद्ध कानुनी कारबाही पूरा नभएसम्म निलम्बन गर्ने निर्णय गरेको छ,” शीर्ष भिक्षुद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

कोलम्बोबाट २०० किलोमिटर उत्तरमा रहेको अनुराधापुरास्थित जय श्री महाबोधि मन्दिरमा सन् २०२२ मा ११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा हेमरथनालाई प्रहरीले ९ मेमा पक्राउ गरेको थियो।

उनलार्ई सुनुवाईमा उपस्थित हुने सर्तमा अदालतले धरौटीमा रिहा गरेको थियो भने उनलाई विदेश जान रोक लगाएको थियो ।
दैनिक हजारौं मानिसहरूले पूजा तथा अर्चना गर्ने जय श्री महाबोधि मन्दिर नजिकै रहेको पीपलले बुद्धलाई ज्ञानको खोजीमा हिँडेका समय बुद्धत्व प्राप्त गरेको पीपलसँग सम्बन्धित भएको मानिन्छ ।

श्रीलङ्काले बुद्धको जन्म, ज्ञान र निधनको स्मृति दिवस मनाएकै दिन हेमरथनाको निलम्बन भएको हो । श्रीलङ्कामा बुद्ध भिक्षुहरूमाथि बालबालिकामाथि दुव्र्यवहार गरेका कैयौँ घटना भएका छन्, तर यस्तो अपराधको आरोप लगाइएका हेमरथना सबैभन्दा वरिष्ठ भिक्षु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *