एसियन गेम्स छनोट : चीनविरुद्धको नेपालको दुवै पुरुष र महिला टोलीले पहिला ब्याटिङ गर्दै

काठमाडौं ।  एसियन गेम्स छनोट अन्तर्गत केहिबेरमा चीनविरुद्ध हुने खेलमा नेपालको पुरुष र महिला दुवै टोलीले टस हारेको छ ।

महिला तर्फ तेस्रो स्थानको लागि हुने खेलमा चीनले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । आजको खेल जित्ने टोली एसियन गेम्समा छनोट हुनेछ ।

यस्तै आजबाट  शुरु पुरुषतर्फको खेलमा चीनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।

नेपालको प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल, सन्दीप जोरा, दीपेन्द्र सिंह एरी(कप्तान), लोकेश बम, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, शाहाब आलम

Leave a Reply

Your email address will not be published. Required fields are marked *