काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडासँग हुने सिरिजको लागि नेपाली ‘ए’ टिमको घोषणा गरेको छ । क्यानले सिरिजको लागि विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाली ‘ए’ टोलीको घोषणा गरेको हो ।
ए टिमका विनोद सँगै आशुतोष घिरोहिया, बिबेक यादव, बशीर अहमद, प्रतिस जिसी, सन्दीप जोरा, मयन यादव, अर्जुन कुमाल, शाहाब आलम, शेर मल्ल, रिजन ढकाल, किरण ठगुन्ना, सुजन थपलिया, रसिद खान, सगर ढकाल र हेमन्त धामी रहेका छन् । त्यसैगरी क्यानले नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कालम अलीलाई चयन गरेको छ ।