संकटालाई हराउँदै आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा – साविक विजेता संकटा क्लबलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनलको खेलमा संकटा क्लबलाई ३-० गोलले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा भएको खेलमा आमीलाई जित दिलाउन दिनेश हेमजङले दुई गोल गर्दा जिलेस्पी जंग कार्कीले एक गोल थपे ।

अब आर्मीले फाइनल प्रवेशको लागि चर्च ब्वाइज क्लब र नेपाल एपीएफ क्लबबीच हुने खेलको विजेतासँग खेल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *