युनाइटेड पराजित, लिभरपुल र आर्सनलको बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पराजित हुँदा लिभरपुल र आर्सनलले बराबरी खेलेका छन् । शनिबार बेलुकी भएको खेलमा युनाइटेड वेस्टहामसँग २-० गोलले पराजित भएका हो ।

लण्डन स्टेडियममा भएको खेलमा वेस्टहामलाई जित दिलाउन जारोड बोवेन र मोहम्मद कुडुसले समान एक-एक गोल गरे । खेलको ७२ औं मिनेटमा बोवेनले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा लुकासको पासमा कुडुसले गोल गर्दै वेस्टहामलाई २-० गोलको जित दिलाएका हुन् ।

जितसँगै वेस्टहाम १८ खेलबाट ३० अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड २८ अंकको साथ आठौँ स्थानमा झरेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा आर्सनल र लिभरपुलले १-१ गोलको बराबरी खेलेका छन् । इमिरेट्स स्टेडियममा भएको खेलमा लिभरपुलको लागि मोहम्मद सलाहले एक गोल गर्दा आर्सनलको लागि गाब्रियलले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिन बाध्य भएको हो ।

बराबरीका बाबजुत आर्सनल १८ खेलबाट ४० अंकको साथ शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ३९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *