‘पोखरा सबै मौसमका लागि’ भन्ने मुख्य नाराका साथ पोखरामा २१ औँ रोपाइँ महोत्सव आयोजना

पोखरा । ‘पोखरा सबै मौसमका लागि’ भन्ने मुख्य नाराका साथ आइतबार पोखरामा २१ औँ रोपाइँ महोत्सव आयोजना गरिएको छ । हिलोमा खेलिने खेलहरू र सांस्कृतिक कार्यक्रमहरूसहित पोखरा पर्यटन परिषद्को मुख्य आयोजना तथा वडा स्तरीय कृषि सञ्जालको स्थानीय व्यवस्थापनमा पोखरा ३० शिशुवा देउराली खोलछेउमा महोत्सव गरिएको हो ।

महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।

तीव्र सहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणाली र खेतीयोग्य जमिनको संरक्षण गर्ने, युवा पुस्तालाई कृषिप्रति आकर्षित गर्ने तथा कृषकहरूको सम्मान गर्ने लक्ष्य महोत्सवले राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *