धरादी, लोकादीटार र आयोजक दोस्रो चरणमा

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-१०, छब्दी देउरालीमा जारी छब्दी चाँपस्वरा धमाका मेला-२०८० को दोस्रो दिन तीन टोली विजयी भएका छन् । शुक्रबार दिउँसो भएको पहिलो खेलमा जनहित युवा क्लब, छेक्मालाई २-१ को सेटमा हराउँदै छब्दी चाँपस्वरा युथ क्लब ‘बी’ दोस्रो चरणमा पुगेको हो ।

यस्तै रोमान्चक बनेको दोस्रो खेलमा शिजनशिल युवा क्लब,गुर्दुमलाई २-१ को सेटमा हराउँदै प्रगतिशिल युवा क्लब, धरादीले दोस्रो चरणमा आफ्नो स्थान सुरक्षीत गरेको हो । रोमान्चक बनेको पहिलो सेटमा गुर्दुम २८-२६ ले विजयी भएको थियो । तर दोस्रो सेटमा उत्कृष्ट पुनरागम गर्दै २५-२३ ले आफ्नो पोल्टामा पारेको धरादीले तेस्रो सेटपनि २५-१५ ले आफ्नो पक्षमा पारेको हो ।

दिनको तेस्रो खेलमा लोकप्रिय युवा क्लब,लोकादीटारले आयोजक ‘सी’लाई २-० को सोझो सेटमा पाखा लगाएको हो । एकपक्षीय खेलमा लोकादीटारले पहिलो सेट २५-१४ र २५-२२ ले जितेको हो । भोलि शनिबारपनि पहिलो चरणको बाँकी खेल हुने आयोजकले जनाएको छ ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना भएको प्रतियोगिता मङ्सिर १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले नगद तीस हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले नगद बीस बजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाण पत्र हात पार्नेछ भने भने तेस्रो हुने टोलीले नगद १० हजार रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई विशेष आकर्षक पुरस्कार रहेको आयोजकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *