अङ्गोलामा खानी भत्किँदा कम्तीमा २८ जनाको मृत्यु

लुवान्डा । अङ्गोलाको उत्तरी क्षेत्रमा शनिबार खानीमा गएको पहिरोमा परी कम्तीमा २८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रहरी प्रवक्ता गास्पर लुइस इनासियोले बेङ्गो प्रान्तको नाम्बुवाङगोङ्गो नगरपालिकामा गएको पहिरोमा परी मृत्यु भएका व्यक्तिमध्ये १३ जना एकै परिवारका सदस्य रहेका र दुई जना अझै हराइरहेको जानकारी दिए ।

उनले भने,“प्रहरीसहितका उद्धारकर्ताहरूले भत्किएको खानीमा फसेका सम्भावित पीडितहरूको खोजी कार्य जारी राखेका छन्।”

बेङ्गोका केन्द्रीय अस्पतालका स्वास्थ्य सुपरभाइजर फ्रान्सिस्को रोड्रिगेजले घाइतेमध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *