इजरायलबाट फर्किइन् साम्बा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन् । व्यवसायिक फुटबलका लागि इजरायलमा रहेकी उनी हमासले इजरायलमा आक्रमण गरेपछि स्वदेश फर्किएकी हुन् ।

उनी बुधबार राति नेपाल आइपुगेकी हुन् । मंगलबार रातिको उडानमा इजरायलबाट उडेकी साम्बा थाइल्याण्ड हुँदै काठमाडौं आइपुगेकी हुन् र साम्बा वुमन्स लिग क्लब हापोयल रानानामा आवद्ध छिन् ।

युइएफएले इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै २ साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गरिएको जनाएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार बिहान आक्रमण गरेपछि इजरायल अहिले द्वन्द्वमा छ। हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *