गिरीबन्धु टी स्टेटको जग्गामा भएको भ्रष्टाचारबारे छानबिन गर्न माग

काठमाडौं । सदनमा झापाको गिरीबन्धु टी स्टेटको जग्गा प्रकरण छानबिन गर्न माग उठेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदले गिरीबन्धु टी स्टेट प्रकरण छानबिन गर्न माग गरेका हुन् ।

एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी, गिरीबन्धु जग्गा, बालुवाटर जग्गा, ओम्नी गोकर्ण रिसोर्ट प्रकरणको पनि अनुसन्धान गर्न माग गरेका छन् ।

चौधरीले भने, ‘विदेशी राष्ट्रले पनि हेरिरहेकाले जवाफदेही बनाउन सरकारलाई अनुरोध गर्दछु । दोषी नेपाली जनताले देख्ने गरी कारबाहीको दायरमा ल्याउन सरकारलाई निर्देशन गर्न आग्रह गर्दछु ।’

त्यसैगरी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले झापाको गिरीबन्धु टी स्टेटको जग्गामा भएको भ्रष्टाचारबारे छानबिन गर्न माग गरेका छन् । गिरीबन्धु टी स्टेटको भ्रष्टाचार ललिता निवास जग्गा प्रकरण भन्दा खतरनाक रहेको बताए ।

उनले भने, ‘पाँचसय बिघा जग्गा कौडीको भाउमा दिएर देशको सम्पत्ति ब्रह्नलुट गर्ने काम भएको छ । यसको छानबिन होस ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *