नेपाली राष्ट्रवाद भारतविरोधी होइन भन्ने भाष्य बौद्धिक टाट पल्टाइ होः गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि भारत भ्रमणका क्रममा नेपाल राष्ट्रविरुद्ध अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन्।

सामाजिक संजालमार्फत बास्कोटाले नेपाली राष्ट्रवादलाई भारतविरोधसँग जोड्ने भाष्य अब नरहेको भन्ने तर्कप्रति आपत्ति जनाउँदै राष्ट्रवाद र राष्ट्रिय हितबारे राजनीतिक, कूटनीतिक तथा ऐतिहासिक दृष्टिकोणबाट बुझ्नुपर्ने बताएका छन्।

उनले यस विषयलाई नेपालको राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी बहससँग जोड्दै टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्र विरुद्ध छाद्छन् । नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो–त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रबाद र राष्ट्रियहित सम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रुपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाई हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *