आठ अंकले बढ्यो नेप्से

काठमाडौँ । बुधबार सेयर बजार नेप्से ८.६६ अंक बढेको छ । बुधबार १५.३९ अंकले बढेको नेप्से बुधबार ८.६६ अंकले बढेको हो । नेप्से बढेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा वृद्धि भएको छ ।

आज ६ अर्बमाथिको कारोबार भएको छ । आज ३५६ वटा किम्पनीको १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयर ६ अर्ब १४ करोड ६० लाख ४३ हजार ९०९ रुपैयाँमा कारोबार भएको छ । सेयर बजार एकल अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। मुक्तिनाथ कृषि कम्पनीको सेयर सर्वाधिक १०.९८ प्रतिशतले बढ्यो।

हिमालयन उर्जा विकास कम्पनीको सेयर ८.६२ प्रतिशतले बढ्दा कालिका लघुवित्त वित्तीय संस्थाको सेयर ५.९६,मानुषी लघुवित्त वित्तीय संस्थाको ५.५७ र सनराइज ब्लुचिप फण्डको सेयर ५.३२ प्रतिशतले बढ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *