नेपाल आईस हक्की संघको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल आईस हक्की संघको साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष एवं वाग्मती प्रदेश सभाका सभामुख भुवन पाठकको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष पाठकले आईस हक्की नेपालमा अत्यन्तै संभावना रहेको खेल भएको बताए । उनले अव आईस हक्कीलाई नेपाली युवामाझ पुर्याउँदै लोकप्रिय खेलको रूपमा विकास गरिने बताए ।

संघका उपाध्यक्ष विजय खड्काले नेपालमा खेल पर्यटनको लागि पनि यो संभावनायुक्त खेल रहेको बताए । हिमाली भेगको हावापानी सुहाउँदो यो खेल भएकोले नेपालको लागि यो उपयुक्त भएको र आगामी दिनमा नेपालमा द्रुत गतिमा विकास गरिने बताए । संघका महासचिव गणेश रिमालले विधान संशोधन साधारणसभामा पेश गरेका थिए ।

सो प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । कास्की आईस हक्की संघका अध्यक्ष वीरेन्द्र पौडेलले उद्घोषण गरेको कार्यक्रममा काठमाडौं आईस हक्की एसोसिएसनको तर्फवाट अध्यक्ष प्रज्वल थापाले सभामुख पाठकलाई सम्मान गरेका थिए । साधारणसभामा केन्द्रीय पदाधिकारी, सदस्य लगायत विभिन्न जिल्लाका प्रतिनिधिले भाग लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *