उद्योग विभागकी शाखा अधिकृत १२ हजार घुससहित पक्राउ

काठमाडौं । उद्योग विभागअन्तर्गत औद्योगिक सम्पत्ति शाखामा कार्यरत शाखा अधिकृत ताराकुमारी घिमिरे र कार्यालय सहयोगी दीपा थापा १२ हजार घुससहित पक्राउ परेका छन्। बिहीबा साँझसेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई कार्यकक्षबाटै पक्राउ गरेको हो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार त्रिपुरेश्वरस्थित उद्योग विभागअन्तर्गत औद्योगिक सम्पत्ति शाखामा कार्यरत शाखा अधिकृत घिमिरे घुस सहित पक्राउ परेकी हुन् ।

शाखा अधिकृत घिमिरेलाई कम्पनिको ट्रेडमार्क सहजीकरण गरिदिए वापत १२ हजार रुपैयाँ घुस लिएको अवस्थामा कार्यकक्षबाटै समातिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *