अन्नपूर्ण स्पाइकरले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं । पहिलो संस्करणको नेपाल भलिबल लिगको उपाधि अन्नपूर्ण स्पाकर किंग्सले जितेको छ । शनिबार बेलुकी सम्पन्न भएको फाइनल खेलमा कर्णाली शिवराजलाई ३-० को सोझो सेटमा हराउँदै अन्नपूर्ण स्पाइकरले उपाधि जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा अन्नपूर्णले शुरुवातदेखिनै अग्रता लिएको थियो । पहिलो सेट २५-१५ ले जितेको अन्नपूर्णले दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पारेको थियो । यस्तै तेस्रो सेट २५-१८ ले जित्दै अन्नपूर्णले उपाधि जितेको हो ।

केडिया ग्रुपद्वारा आयोजित फ्रेन्चाइज लिगमा कुल ६ टोलीको  सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *