काठमाडौँ । अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
मंगलबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रसाईंलाई असोज १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।
