महाशिवरात्रि मेलामा घोटाला भयो, अख्तियारलाई छानबिन गर्न पत्र पठाउछौंः पर्यटनमन्त्री किराती

काठमाडौं । पर्यटनमन्त्री सुदन किरातीले यसवर्षको महाशिवरात्रि मेलामा घोटाला भएको भन्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि पत्र पठाउने बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत मन्त्री किराँतीले पशुपतिाथ मन्दिर परिसरबाट भेटी संकलन गर्ने घ्याम्पो नै हराएकाले यस विषयमा अनुसन्धान गर्न गृह मन्त्रालयमार्फत प्रहरीलाई पठाउने बताएका हुन् ।

उनले भनेका छन्, ‘यस वर्षको महाशिवरात्रिको अवसरमा संचालित मेलामा सम्झौता विपरित काम भएको र छानविन गर्दा सोझै घोटाला भएको देखिएकोले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने । पशुपतिनाथ मन्दिर परिसरबाट भेटिघाटी संकलन हुने घ्याम्पो हराए पछि एक छानविन समिति बनाईयो सो समितिको प्रतिवेदनको आधारमा थप अनुसन्धान गर्नु पर्ने भएकोले गृह मन्त्रालय मार्फत नेपाल प्रहरीलाई पठाउने ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *