हंगेरीलाई हराउँदै इटाली अन्तिम चारमा

एजेन्सी । युरोपियन च्याम्पियन इटाली युईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको समूहचरणको अन्तिम खेलमा हंगेरीलाई २-० गोलले पराजीत गर्दै इटाली लिगको अन्तिम चारमा प्रवेश गरेको हो ।

पुस्कास एरिनामा भएको खेलमा इटालीलाई जीत दिलाउन गिकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले समान एक/एक गोल गरे । खेलको २७ औं मिनेटमा रास्पाडोरीले गोल गर्दै इटालीलाई शुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा क्रिस्टानेको पासमा डिमार्कोले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इटाली २-० गोलले विजयी भयो । जीतसँगै इटाली ६ खेलबाट ११ अङ्क जोड्दै समूह ‘तीन’को शीर्ष स्थानमा रहँदै अर्को चरणमा प्रवेश गर्दा पराजीत हंगेरी १० अङ्कको साथमा दोस्रो स्थानमा झरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *