काठमाडौं। गत जेठ ३०–३१ गते बरामद गरिएको ५१ केजी हेरोइन ढलमा बगाएर नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले उक्त हेरोइन अदालत परिसरभित्रै पानीमा घोलेर ढलमा बगाई नष्ट गरेको जनाएको छ ।
बरामद हेरोइनको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब १० करोड रुपियाँभन्दा बढी पर्ने प्रहरीले बताएको थियो । दक्षिण अफ्रिकी मुलुकबाट नेपालहुँदै भारततर्फ तस्करी हुने क्रममा उक्त लागूपदार्थ बरामद गरिएको थियो ।
बरामद भएको लागूपदार्थ नमुना राखेर नष्ट गरिन्छ । त