सर्वनाम शिक्षालयका वार्डेन रामेछापबाट पक्राउ

काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामछेप घर भएका रामजी बस्नेत रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगका शनिबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

बस्नेत रामेछाप गोकुलगंगा गाउँपालिका–२ का हुन् । घटना बाहिरिएपछि उनी शनिबार बिहान रामेछापका लागि हिँडेका थिए। प्रहरीले थाहा पाएपछि उनलाई रामेछापको मन्थलीबाट नियन्त्रणमा लिएको हो । उनीविरूद्ध तीन जना छात्राले जाहेरी दिने तयारी गरेका छन्। उनीमाथि कक्षा १०, ८ र ७का छात्रामाथि बाल यौन दुर्व्यवहार गरेको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *