तोलामा ९ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । मंगलबार तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा आईपुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९ सय रुपैयाँले नै घटेर तोलाको ९५ हजार ३ रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २५० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७२ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *