बालेनः स्थापित भन्दा ७ हजार ११४ र सिंहभन्दा ८ हजार ११२ मतले अगाडि

काठमाडौं। काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को मत १५ हजार नाघेको छ । ताजा परिणाम अनुसार शाहले १५ हजार ४०२ मत पाएका हुन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २८८ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार २९० मत पाएका छन् । बालेन स्थापित भन्दा ७ हजार ११४ र सिर्जना सिंहभन्दा ८ हजार ११२ मतले अगाडि छन् ।

अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *